आज राति खग्रास चन्द्रग्रहण

काठमाडौँ : भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

पञ्चाङ्गहरूका अनुसार १० : ११ मा ग्रहण स्पर्श, ११ : १५ बजे सम्मीलन, ११ : ५६ बजे मध्य, १२ : ३८ बजे उन्मिलन र १ : ४१ बजे मोक्ष हुनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने खगोलशास्त्री प्राडा जयन्त आचार्यले जानकारी दिए।

फलित ज्योतिशास्त्रअनुसार मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकालाई ग्रहण नहेर्न निर्देश गरिएको छ। अन्य राशिकाले भने हेर्न सक्ने बताइएको छ। मेष राशि भएकालाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश र कर्कटलाई कष्ट फल रहेको बताइएको छ। यस्तै सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता र वृश्चिकलाई व्यथा फलादेश गरिएको छ। धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएकालाई व्यय फल प्राप्त हुने बताइएको छ।   शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र  र कुम्भ राशि भएकालाई यो ग्रहणले अति कष्ट दिने पञ्चाङ्गमा उल्लेख छ। पौराणिक मान्यताअनुसार ग्रहणको केही समयअघिदेखि सुतक लाग्छ। दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। चन्द्रग्रहण अवधिमा मन्त्रजप र हवनजस्ता कार्य गर्न निर्देश गरिएको छ। शयन, खानपिन तथा मैथुन जस्ता कार्यलाई निषेध गरिएको छ। यो वर्ष फागुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

देशव्यापी ‘सूचना महामार्ग’ निर्माण गरिने, इन्टरनेट शुल्क घटाइने

काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्यसहित एकीकृत दूरसञ्चार नीति, २०८३ को मस्यौदा तयार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको मस्यौदामा पाँच ...

एआईको सही प्रयोग गरौं : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले ...

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा परे नेपालमै कार्यरत ३१ जना

ललितपुर : विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन्। नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालले दिएको जानकारी अनुसार एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले ...

बन्दका बाबजुद धमाधम फेसबुक चलाउँदै नागरिक, २६ मध्ये 'एक्स'मात्रै सरकारको सम्पर्कमा

काठमाडौँ : सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाएपछि १ कम्पनीका प्रतिनिधि मात्रै सम्पर्कमा आएका छन्। सरकारले बन्द गरेका २६ मध्ये एक्स मात्रै सरकारको सम्पर्कमा आएको सञ्चार तथा सूचना ...

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीवार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध ...

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

काठमाडौँ : सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार सूचीकृत हुन एक साताको समय दिए पनि अहिलेसम्म कसैले दर्ताका लागि निवेदन दिएको छैन। सूचीकृत हुन दिएको समय २ दिन मात्र बाँकी भए पनि ...

पत्रपत्रिका

सबै