बन्दका बाबजुद धमाधम फेसबुक चलाउँदै नागरिक, २६ मध्ये 'एक्स'मात्रै सरकारको सम्पर्कमा

काठमाडौँ : सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाएपछि १ कम्पनीका प्रतिनिधि मात्रै सम्पर्कमा आएका छन्। सरकारले बन्द गरेका २६ मध्ये एक्स मात्रै सरकारको सम्पर्कमा आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले थाहाखबरलाई जानकारी दिए।

नेपालमा सर्वाधिक प्रयोग हुने एपले नै नेपालमा दर्ता हुन अनिच्छा देखाएपछि सरकारले बन्द गर्ने निर्णय लिएको हो। २०८० सालमै दर्ता हुन आग्रह गरेको सरकारले त्यसपछिका समयमा पटकपटक सामाजिक सञ्जाललाई दर्ता हुन सार्वजनिक आह्वान गर्दै आएको थियो। 

सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगै केही इन्टरनेट प्रदायक कम्पनीले उक्त एप बन्द गरेका छन्। बन्द हुनेमा मेटाअन्तर्गतका फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड छन् भने अन्यमा युट्युब, ट्विटर, लिंक्डइन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, विच्याटलगायत २६ एप छन्।

सरकारले दर्ता नभएका सामाजिक सञ्जालले कानुनी प्रक्रिया पूरा गरे प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ। दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनबहादुर अर्यालले सामाजिक सञ्जाल सधैँका लागि बन्द भयो भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे।

तर कसरी धमाधम चलिरहेको छ फेसबुक? 

सरकारले बन्द गरे पनि अहिले फेसबुक धमाधम चलिरहेको छ। मिडियाहरूले फेसबुकमा कन्टेन्ट राखिरहेका छन् भने सर्वसाधारण नागरिकले पनि फेसबुक प्रयोग गरिरहेका छन्। सुरुमा केही घण्टा असर गरे पनि अहिले प्रयोग बढ्दो छ।

म्यासेन्जर पनि चलिरहेकै छ एक्स निर्वाधरुपमा चलिरहेको छ। फेसबुक चलाउन धेरैले भिपीएनको प्रयोग गरेका पाइएको छ भने ब्राउजरको सेटिङ परिवर्तन गरेर तथा डिएनएस एक्टिभ गरेर पनि प्रयोग गरिरहेका पाइएको छ। कतिपयले आफैँ चलिरहेकाे प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन्। जीमेल पनि चलिरहेका छन् कसरी प्रयोग गर्ने भनेर फेसबुकमार्फत नै जानकारीमूलक भिडियोहरू पोष्ट भइरहेको छ। 

प्रतिकृया दिनुहोस्

देशव्यापी ‘सूचना महामार्ग’ निर्माण गरिने, इन्टरनेट शुल्क घटाइने

काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्यसहित एकीकृत दूरसञ्चार नीति, २०८३ को मस्यौदा तयार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको मस्यौदामा पाँच ...

एआईको सही प्रयोग गरौं : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले ...

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा परे नेपालमै कार्यरत ३१ जना

ललितपुर : विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन्। नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालले दिएको जानकारी अनुसार एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले ...

आज राति खग्रास चन्द्रग्रहण

काठमाडौँ : भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण ...

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीवार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध ...

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

काठमाडौँ : सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार सूचीकृत हुन एक साताको समय दिए पनि अहिलेसम्म कसैले दर्ताका लागि निवेदन दिएको छैन। सूचीकृत हुन दिएको समय २ दिन मात्र बाँकी भए पनि ...

पत्रपत्रिका

सबै