रविजी! सरकार पुनर्गठन गर्नुहोस्‚ नत्र सुनामी आउँछ : बादल

रविजी! सरकार पुनर्गठन गर्नुहोस्‚ नत्र सुनामी आउँछ : बादल

काठमाडौँ : नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार तत्काल पुनर्गठन गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले मुलुकको निकासका लागि तीनवटा विकल्प रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गरे।

उनले तत्काल सरकार पुनर्गठन नगरिए राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनःस्थापनाका चारै दिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी दिए। उनले वर्तमान सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप पनि लगाए।

बादलले भने रास्वपाका सभापतिले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको अविलम्ब पुनर्गठन गर्नुपर्छ। अन्यथा २००७, २०४७, २०६५ सालको भन्दा विशाल, अल्कपनीय जनसुनामी आउनेछ। उनले सरकारको कार्यशैलीले नागरिकको मौलिक हकमाथि समेत प्रहार भइरहेको भन्दै सचेत गराए।

प्रतिकृया दिनुहोस्

जेनजी विद्रोहपछिकाे एक वर्ष : बदलिएको नेपाली राजनीति

काठमाडौँ : ऐतिहासिक जेनजी विद्रोह नेपाली राजनीतिमा एउटा महत्वपूर्ण ‘टर्निङ प्वइन्ट’ बन्यो।वर्षदिनअघि भएको यो विद्रोहले सिंगो राजनीतिक ‘ट्रेन्ड’ नै परिवर्तन गरिदियो। राजनीतिक ब्यानर बाहिर भएको यो विद्रोहपछि राष्ट्रिय राजनीतिमा दल मात्रै होइन, पुस्ता नै ...

गगनसँग शेखरले भने– पार्टी जाेगाउन जे जति त्याग गर्न पनि तयार छु

काठमाडाैँ : नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएकाे छ। आइतबार मध्याह्ण दुई नेताबीच भेट भएकाे काेइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।  भेटघाटका क्रममा दुई नेताबीच कांग्रेसभित्रको ...

कांग्रेस एकढिक्का बनाउने शेखर प्रयास सफल हाेला ?

img

काठमाडौँ : नेपाली कांग्रेसभित्रको विवाद समानान्तर गतिविधि हुँदै अहिले १५औँ महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक ...

नेपाली कांग्रेसले सदस्यता अद्यावधिकको समय ४ दिन थप्यो

img

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय ४ दिन थपेको छ ...

एमाले कार्यदल प्रतिवेदन : ओली प्रधानमन्त्री उम्मेदवार बन्दा चुनावमा रक्षात्मक बन्यौं

img

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा पार्टीले सर्मनाक पराजय ...

पार्टीभित्र बहुमत जुटाउने गृहकार्यमा ओली

काठमाडौं । बागमती प्रदेश सरकार निर्माणमा देखिएको आन्तरिक मतभेद टुंग्याउँदै नेकपा एमालेले किरण थापामगरलाई नयाँ मुख्यमन्त्रीका रूपमा अगाडि बढाएको छ । प्रदेश संसदीय दलका नेतामा जगन्नाथ (जेन) थपलियालाई कायमै राखेर झक्तपुर–२ ...

पत्रपत्रिका

सबै