नेपाली कांग्रेसले सदस्यता अद्यावधिकको समय ४ दिन थप्यो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय ४ दिन थपेको छ । महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले यही भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि चार दिन सदस्यता अद्यावधिकको समय थपिएको जानकारी दिए ।

‘यो चार दिन अब अन्तिम पटक हो । अझै पनि अद्यावधिक गर्न छुटेकालाई अद्यावधिक गरेर महाधिवेशनमा जोडिने ढोका खोलौं भन्ने मनशायका साथ यो निर्णय गरेका हौं,’ उनले भने ।

पार्टीको आन्तरिक एकता मजबुत बनाउन अत्यधिक लचकता अपनाउँदै यो निर्णयमा पुगेको महामन्त्री पौडेलले बताए । ‘हामी पहिलेदेखि नै निकै लचक थियौं । लचकता अपनाउँदै आएका पनि छौं,’ उनले भने, ‘त्यसैले यो अन्तिम मौकाका रूपमा हामीले अद्यावधिकको समय थप गरेका छौं ।’

१५ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन भने निर्धारित भदौ २४ गतेकै मितिमा हुने महामन्त्री पौडेलले बताए । ‘वडा अधिवेशन सर्दैन । यो मौकामा पनि अद्यावधिक गर्न छुटेका र एनसी आईडी नलिएका साथीहरू महाधिवेशनमा सहभागी हुन पाउनुहुन्न,’ उनले भने ।

अद्यावधिक गर्न सानो संख्यामा क्रियाशील सदस्य छुटेपनि त्यो संख्या पार्टीका लागि गुणात्मक रहेको उनले बताए । ‘केन्द्रमा पनि निकै महत्वपूर्ण र मुख्य नेताहरू हुनुहुन्छ । जिल्लामा पनि पार्टीमा योगदान र लगानी गरेका, विगतमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेताहरूले अद्यावधिक गर्नुभएको छैन,’ उनले भने । पार्टीले सबै नेताहरूले अद्यावधिक गरेर महाधिवेशनमा सहभागी गराउन चाहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

जेनजी विद्रोहपछिकाे एक वर्ष : बदलिएको नेपाली राजनीति

काठमाडौँ : ऐतिहासिक जेनजी विद्रोह नेपाली राजनीतिमा एउटा महत्वपूर्ण ‘टर्निङ प्वइन्ट’ बन्यो।वर्षदिनअघि भएको यो विद्रोहले सिंगो राजनीतिक ‘ट्रेन्ड’ नै परिवर्तन गरिदियो। राजनीतिक ब्यानर बाहिर भएको यो विद्रोहपछि राष्ट्रिय राजनीतिमा दल मात्रै होइन, पुस्ता नै ...

गगनसँग शेखरले भने– पार्टी जाेगाउन जे जति त्याग गर्न पनि तयार छु

काठमाडाैँ : नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएकाे छ। आइतबार मध्याह्ण दुई नेताबीच भेट भएकाे काेइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।  भेटघाटका क्रममा दुई नेताबीच कांग्रेसभित्रको ...

कांग्रेस एकढिक्का बनाउने शेखर प्रयास सफल हाेला ?

img

काठमाडौँ : नेपाली कांग्रेसभित्रको विवाद समानान्तर गतिविधि हुँदै अहिले १५औँ महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक ...

एमाले कार्यदल प्रतिवेदन : ओली प्रधानमन्त्री उम्मेदवार बन्दा चुनावमा रक्षात्मक बन्यौं

img

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा पार्टीले सर्मनाक पराजय ...

पार्टीभित्र बहुमत जुटाउने गृहकार्यमा ओली

काठमाडौं । बागमती प्रदेश सरकार निर्माणमा देखिएको आन्तरिक मतभेद टुंग्याउँदै नेकपा एमालेले किरण थापामगरलाई नयाँ मुख्यमन्त्रीका रूपमा अगाडि बढाएको छ । प्रदेश संसदीय दलका नेतामा जगन्नाथ (जेन) थपलियालाई कायमै राखेर झक्तपुर–२ ...

रविजी! सरकार पुनर्गठन गर्नुहोस्‚ नत्र सुनामी आउँछ : बादल

काठमाडौँ : नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार तत्काल पुनर्गठन गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले ...

पत्रपत्रिका

सबै