कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत

काठमाडौँ : निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन्। बिहीवार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयक माथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले यस्तो धारणा राखेका हुन्। 

दुवै राजनीतिक दलले कर्मचारीको एउटै ट्रेड युनियन बनाउनुपर्ने र उक्त युनियनमा नीतिगत निर्णयमा सहभागी हुने कर्मचारी आबद्ध हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्। विधेयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरुलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताए। 

उनले कानूनमा समेत सरकारी संस्थामा आबद्ध व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको बताए। उनले कर्मचारीहरुको एउटामात्र ट्रेड युनियन राख्नुपर्ने बताए।  निजामती कर्मचारीका लागि एउटामात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए। 

‘यो पार्टीगत ट्रेड युनियन खोल्न दिनै हुँदैन। नेपालको कानूनले पनि सरकारी पेरोलमा रहेकाहरुले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन भनेर व्याख्या गरेको छ। हामीले यो ट्रेड युनियनहरु बोर्ड जम्मै झुन्ड्याएर घर बनाइदिएर राखेका छौँ‚’ उनले भने, ‘यो सबै पार्टीले गरेका छौँ। चिफ ह्विपले राखेपछि त पार्टीकै धारणा त होला। यो पार्टीगत पार्टीगत ट्रेड युनियन हटाउनै पर्‍यो र एउटामात्र ट्रेड युनियन राख्दा अफिसर लेभललाई इन्ट्री गर्न दिनु हुँदैन।’ 

  बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको ट्रेड युनियनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए। उनले कर्मचारीको पेशागत प्रवर्द्धन र हितसँग जोडिएका कुराहरुमा बन्देज लगाउन उपयुक्त नभए पनि ट्रेड युनियनहरु राजनीतिक क्रियाकलापमा संलग्न हुने गरेको बताए।  उनले कर्मचारीको लागि एकमात्र ट्रेड युनियन राख्नुपर्ने बताए। उनले राज्यको नीतिगत निर्णयमा सहभागी हुने कर्मचारीले कुनै पनि ट्रेड युनियनको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए। 

   विधेयकमा ट्रेड युनियनको सन्दर्भमा व्यापक छलफल भएको छ। आजको सन्दर्भमा ट्रेड युनियनलाई कसरी व्यवस्थित गर्ने? लोकतन्त्रमा पेशागत प्रवर्द्धनको हितसँग जोडिएका कुरामा बन्देज लगाउनु उपयुक्त हुँदैन तर कतिपय पेशागत हकहितको कुराभन्दा पनि राजनीतिक कुरा बढी हुने गरेका छन्‚’ उनले भने‚ ‘नीतिगत निर्णयमा सहभागिता जनाउने व्यक्तिहरुलाई ट्रेड युनियनको छाताभित्र राख्न हुने कि नहुने भन्ने प्रश्न उठेका छन्। नीतिगत निर्णय गर्न पाउने कर्मचारीलाई ट्रेड युनियनमा राख्दा र नराख्दा राष्ट्र र जनताले पाउने लाभमा उत्कृष्टतामा के हुने भन्ने बहस हुनसक्छ।’

प्रतिकृया दिनुहोस्

संविधान बनेको एक दशकमा बल्ल टुंगियो निजामती कानुन

काठमाडौं । संविधान जारी भएको १० वर्षमा बल्ल संविधानले परिकल्पना गरेको संघीय निजामती सेवासम्बन्धि कानुनको अन्तिम टुंगो लागेको छ । संघीय संसद्का दुवै सदनबाट विधेयक पारित भएपछि अब ठोस रुपमा ...

दाउन्नेमा चैत २७ देखि वैशाख १५ सम्म दैनिक ६ घण्टा बाटो बन्द गरेर सडक विस्तार

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ। चैत २७ गतेदेखि ...

राँके जुलुस प्रदर्शनका क्रममा ताप्लेजुङमा फेरि झडप, दुई घाइते

ताप्लेजुङ :  ताप्लेजुङको फुङ्लिङमा केबलकारका विषयमा आज फेरि झडप भएको छ। राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका जनाइएको छ। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप ...

दलीय दबदबा नहटेसम्म देश उभो लाग्दैन : सांसद सुमना

काठमाडौं : सुमना श्रेष्ठ प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सहमहामन्त्री हुन्। रास्वपाबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन्। प्रस्तुत छ, राष्ट्रिय समाचार समिति राससले उनै सांसद ...

नेपाल आदर्श स्कुलले पाँचौँ वार्षिकोत्सव भव्य मनाउने

img

उर्लाबारी, स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति हासिल गरेको उर्लाबारी–७ स्थित नेपाल आदर्श ...

प्रहरीमा २५ एसएसपीको पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

    काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको ६ महिना पूरा हुँदा पनि बढुवा हुन सकेको छैन । प्रहरी नियमावली अनुसार रिक्त भएको तीन महिनाभित्र प्रहरी ...

पत्रपत्रिका

सबै