प्रहरीमा २५ एसएसपीको पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

    काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको ६ महिना पूरा हुँदा पनि बढुवा हुन सकेको छैन । प्रहरी नियमावली अनुसार रिक्त भएको तीन महिनाभित्र प्रहरी कर्मचारीको बढुवा गरिसक्नुपर्ने हुन्छ । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पदपूर्ति गर्न लेखी आएको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने हुन्छ ।

    १७ भदौदेखि रिक्त हुन थालेको एसएसपी पद अहिलेसम्म आइपुग्दा रिक्तको संख्या २५ पुगिसकेको छ । तर, अहिलेसम्म बढुवा हुन सकेको छैन । गत साता मात्रै ५ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै रिक्त एसएसपीको संख्या २५ पुगेको छ ।

एसएसपीको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजी) सदस्य र आईजीले तोकेको एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।      एसएसपीको बढुवामा अहिले दुई ब्याचका एसपीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । जसमा २०५६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरू र २०५८ मा इन्सपेक्टरमा भर्ना भएकाहरूबीच हुनेछ ।

२०५६ मा भर्ना भएकाहरू मध्ये ६ जना अहिले पनि एसपी छन् । जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल, तुलबहादुर कार्की, रोकश सिंह र राजिव बस्नेत छन् । यद्यपी उनीहरू पनि २०५८ कै टोलीसँग एसपीमा बढुवा भएका थिए । २०५८ मा इन्सपेक्टरमा भर्ना भएका ८९ जनाहरु पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा पहिलो लटमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए ।

२०५८ का ब्याचीहरू पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए । कार्की, सिंह र बस्नेत भने २०५८ कै टोली दोस्रो लटमा २०७७ वैशाखमा बढुवा भएका थिए । जसकारण अहिले २०५६ का टोली र २०५८ का टोलीहरूबीच एसएसपी बढुवामा प्रतिस्पर्धा हुने देखिन्छ ।

२०५८ को ब्याचीका पहिलो नम्बरका एसपी रमेश थापासँगै उनीसँग बढुवा भएका कमल प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन् ।

उनीहरू भन्दा पछि २०७७ वैशाख १७ मा बढुवा भएका २०५८ कै ब्याचीहरू पनि बढुवाको प्रतिस्पर्धामा छन् । जसमा होविन्द्र बोगटी, बेद विष्ट, दयानिधि ज्ञवाली, सन्तोष सिंह राठौर, शान्तिराज कोइराला, संञ्जयसिंह थापा, महेन्द्र खड्का, प्रभु ढकाल, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, दीपेन्द्र शाही, केदार खनाल, रामप्रकाश शाह, राजेन्द्रप्रसाद धमलालगायतको टोली बढुवाको प्रतिस्पर्धामा छ । उनीहरू बढुवा भएपछि एसपी र डीएसपी बढुवाको बाटो खुल्नेछ ।

प्रतिकृया दिनुहोस्

संविधान बनेको एक दशकमा बल्ल टुंगियो निजामती कानुन

काठमाडौं । संविधान जारी भएको १० वर्षमा बल्ल संविधानले परिकल्पना गरेको संघीय निजामती सेवासम्बन्धि कानुनको अन्तिम टुंगो लागेको छ । संघीय संसद्का दुवै सदनबाट विधेयक पारित भएपछि अब ठोस रुपमा ...

दाउन्नेमा चैत २७ देखि वैशाख १५ सम्म दैनिक ६ घण्टा बाटो बन्द गरेर सडक विस्तार

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ। चैत २७ गतेदेखि ...

राँके जुलुस प्रदर्शनका क्रममा ताप्लेजुङमा फेरि झडप, दुई घाइते

ताप्लेजुङ :  ताप्लेजुङको फुङ्लिङमा केबलकारका विषयमा आज फेरि झडप भएको छ। राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका जनाइएको छ। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप ...

दलीय दबदबा नहटेसम्म देश उभो लाग्दैन : सांसद सुमना

काठमाडौं : सुमना श्रेष्ठ प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सहमहामन्त्री हुन्। रास्वपाबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन्। प्रस्तुत छ, राष्ट्रिय समाचार समिति राससले उनै सांसद ...

नेपाल आदर्श स्कुलले पाँचौँ वार्षिकोत्सव भव्य मनाउने

img

उर्लाबारी, स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति हासिल गरेको उर्लाबारी–७ स्थित नेपाल आदर्श ...

एफवान सफ्टको सिस्टम ह्याक : सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी

    काठमाडौं। एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ । सिटिजन्स बैंकको सफ्टवेयर पनि एफ वान सफ्टले नै ...

पत्रपत्रिका

सबै