दाउन्नेमा चैत २७ देखि वैशाख १५ सम्म दैनिक ६ घण्टा बाटो बन्द गरेर सडक विस्तार

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ। चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म बाटो बन्द गरिने भएको हो। पहिलो ५ दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र बाँकी १५ दिन राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो। यहाँ ३ लेनको सडक बन्नेछ। 

यसअन्तर्गत चैत २७ गतेदेखि ३१ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द हुनेछ। 

यसका लागि सडक विभागले सूचना जारी गरी ट्रक, टिपरलगायत हेभी सवारीसाधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने जनाएको छ।

त्यसैगरी यात्रुवाहक बस, मिनी बस, जिप कारलगायत सवारीसाधनलाई पूर्वमा दुम्किबासमा र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने आज सडक विभागले जारी गरेको सूचनामा जनाइएको छ। 

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले सडक विस्तार गरिरहेको चाइना स्टेट कम्पनीले सडकमा गाडीको चाप हुँदा काम गर्न नपाएको भन्दै गुनासो गरेपछि पहिलो ५ दिन दैनिक ४ घण्टाको दरले सवारी आवागमन बन्द गरेर बाटोका खाल्टाखुल्टी पुर्ने र बाटो सम्याउन समय निर्धारण गरिएको छ।

वैशाख १ गतेदेखि १५ गतेसम्म दैनिक राति ६ घण्टा पहाड काट्न समय दिनेगरी निर्यण भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुखसमेत रहेका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार चैत २७ देखि ३१ गतेसम्म ५ दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गरिने भएको हो।

यसअघि निर्माण कम्पनीले दैनिक सवारी आवागमन बन्द गरेर काम गर्न माग गरे पनि निश्चित समयभित्र काम सक्ने प्रतिबद्धता नजनाएका कारण प्रशासनले सवारी आवागमन रोक्ने निर्णय लिन सकेको थिएन।  अहिले पनि निर्माण कम्पनीले कुनै प्रतिबद्धता भने नजनाएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

प्रतिकृया दिनुहोस्

संविधान बनेको एक दशकमा बल्ल टुंगियो निजामती कानुन

काठमाडौं । संविधान जारी भएको १० वर्षमा बल्ल संविधानले परिकल्पना गरेको संघीय निजामती सेवासम्बन्धि कानुनको अन्तिम टुंगो लागेको छ । संघीय संसद्का दुवै सदनबाट विधेयक पारित भएपछि अब ठोस रुपमा ...

राँके जुलुस प्रदर्शनका क्रममा ताप्लेजुङमा फेरि झडप, दुई घाइते

ताप्लेजुङ :  ताप्लेजुङको फुङ्लिङमा केबलकारका विषयमा आज फेरि झडप भएको छ। राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका जनाइएको छ। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप ...

दलीय दबदबा नहटेसम्म देश उभो लाग्दैन : सांसद सुमना

काठमाडौं : सुमना श्रेष्ठ प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सहमहामन्त्री हुन्। रास्वपाबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन्। प्रस्तुत छ, राष्ट्रिय समाचार समिति राससले उनै सांसद ...

नेपाल आदर्श स्कुलले पाँचौँ वार्षिकोत्सव भव्य मनाउने

img

उर्लाबारी, स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति हासिल गरेको उर्लाबारी–७ स्थित नेपाल आदर्श ...

प्रहरीमा २५ एसएसपीको पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

    काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको ६ महिना पूरा हुँदा पनि बढुवा हुन सकेको छैन । प्रहरी नियमावली अनुसार रिक्त भएको तीन महिनाभित्र प्रहरी ...

एफवान सफ्टको सिस्टम ह्याक : सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी

    काठमाडौं। एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ । सिटिजन्स बैंकको सफ्टवेयर पनि एफ वान सफ्टले नै ...

पत्रपत्रिका

सबै