एफवान सफ्टको सिस्टम ह्याक : सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी

    काठमाडौं। एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ ।

सिटिजन्स बैंकको सफ्टवेयर पनि एफ वान सफ्टले नै निर्माण गरेको थियो। त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो। उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हाे । यो चोरी प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको छ। यो प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय साइबर ब्यूरोले गरेको थियो। प्रतिवादी बनाइएका २४ जनामध्ये नाैजना पक्राउ गर्न सफल भएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागरकुमार साह छन् । बाँकी १५ जना भने फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

   ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको एसपी अवस्थीले बताए। ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।

साइबर ब्यूरो स्रोतका अनुसार अनुसन्धानका क्रममा ह्याकमा युकेको ‘आईपी एड्रेस’ देखिएको छ । यद्यपि, ह्याकरको समूहले अन्य ठाउँहरूबाटै ह्याक गरेर ‘आईपी एड्रेस’ फरक ठाउँका राखेको हुनसक्ने आशंका पनि गरिएको छ ।

२४ जनाको खातामा रकम ट्रान्सफर गरेपछि त्यहाँबाट दोस्रो लेअरमा करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको खुलेको एसपी अवस्थी बताउँछन् । विभिन्न लेअरमा बसेर ह्याकरको समूहले नेपालीलाई प्रयोग गरेर रकम बाहिर लगेको भेटिएको छ ।

१ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक-पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो। पक्राउ परेकाहरूले आफ्नो खाता प्रयोग गरे वापत केही रकम बुझेको देखिएको साइबर ब्यूरोले जनाएको छ । अनलाईन खवरबाट ।

प्रतिकृया दिनुहोस्

संविधान बनेको एक दशकमा बल्ल टुंगियो निजामती कानुन

काठमाडौं । संविधान जारी भएको १० वर्षमा बल्ल संविधानले परिकल्पना गरेको संघीय निजामती सेवासम्बन्धि कानुनको अन्तिम टुंगो लागेको छ । संघीय संसद्का दुवै सदनबाट विधेयक पारित भएपछि अब ठोस रुपमा ...

दाउन्नेमा चैत २७ देखि वैशाख १५ सम्म दैनिक ६ घण्टा बाटो बन्द गरेर सडक विस्तार

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ। चैत २७ गतेदेखि ...

राँके जुलुस प्रदर्शनका क्रममा ताप्लेजुङमा फेरि झडप, दुई घाइते

ताप्लेजुङ :  ताप्लेजुङको फुङ्लिङमा केबलकारका विषयमा आज फेरि झडप भएको छ। राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका जनाइएको छ। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप ...

दलीय दबदबा नहटेसम्म देश उभो लाग्दैन : सांसद सुमना

काठमाडौं : सुमना श्रेष्ठ प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सहमहामन्त्री हुन्। रास्वपाबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन्। प्रस्तुत छ, राष्ट्रिय समाचार समिति राससले उनै सांसद ...

नेपाल आदर्श स्कुलले पाँचौँ वार्षिकोत्सव भव्य मनाउने

img

उर्लाबारी, स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति हासिल गरेको उर्लाबारी–७ स्थित नेपाल आदर्श ...

प्रहरीमा २५ एसएसपीको पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

    काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको ६ महिना पूरा हुँदा पनि बढुवा हुन सकेको छैन । प्रहरी नियमावली अनुसार रिक्त भएको तीन महिनाभित्र प्रहरी ...

पत्रपत्रिका

सबै