राँके जुलुस प्रदर्शनका क्रममा ताप्लेजुङमा फेरि झडप, दुई घाइते
ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङमा केबलकारका विषयमा आज फेरि झडप भएको छ। राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका जनाइएको छ। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका जनाइएको छ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिवार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गर्ने क्रममा वीरेन्द्रचोकमा झडप भएको हो। झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका बताइए पनि विस्तृत विवरण आइसकेको छैन।

