नेपाल आदर्श स्कुलले पाँचौँ वार्षिकोत्सव भव्य मनाउने

उर्लाबारी, स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति हासिल गरेको उर्लाबारी–७ स्थित नेपाल आदर्श अंग्रेजी स्कुलले पाँचौँ वार्षिकोत्सव दिवस भव्यताका साथ मनाउने भएको छ । आगामी फागुन ३ गते विविध कार्यक्रमका साथ पाँचौँ वार्षिकोत्सव ‘आदर्श अभ्योदय’ भव्यताका साथ मनाउने तयारी गरिएको प्रिन्सिपल सविना खड्का कार्कीले बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ विज्ञान प्रदर्शनी, फुड फेष्टिबल, चित्रकला प्रदर्शनी, रक्तदान लगायत कार्यक्रम राखिएको छ । सो अवसरमा नेपाल आदर्श मावि र नेपाल दर्शन कलेजका आधारभुत तह देखि स्नातक तहका विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने तयारी गरिएको छ । उक्त अवसरमा सहभागी भई आफ्ना नानीबाबुहरुको प्रतिभा अवलोकन गर्न सबै अभिभावक लगायत सरोकारवालालाई स्कुलका सञ्चालक प्रकाश कार्कीले आग्रह गर्नुभएको छ । नेपाल आदर्श स्कुलमा हाल छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस्

संविधान बनेको एक दशकमा बल्ल टुंगियो निजामती कानुन

काठमाडौं । संविधान जारी भएको १० वर्षमा बल्ल संविधानले परिकल्पना गरेको संघीय निजामती सेवासम्बन्धि कानुनको अन्तिम टुंगो लागेको छ । संघीय संसद्का दुवै सदनबाट विधेयक पारित भएपछि अब ठोस रुपमा ...

दाउन्नेमा चैत २७ देखि वैशाख १५ सम्म दैनिक ६ घण्टा बाटो बन्द गरेर सडक विस्तार

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ। चैत २७ गतेदेखि ...

राँके जुलुस प्रदर्शनका क्रममा ताप्लेजुङमा फेरि झडप, दुई घाइते

ताप्लेजुङ :  ताप्लेजुङको फुङ्लिङमा केबलकारका विषयमा आज फेरि झडप भएको छ। राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका जनाइएको छ। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप ...

दलीय दबदबा नहटेसम्म देश उभो लाग्दैन : सांसद सुमना

काठमाडौं : सुमना श्रेष्ठ प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सहमहामन्त्री हुन्। रास्वपाबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन्। प्रस्तुत छ, राष्ट्रिय समाचार समिति राससले उनै सांसद ...

प्रहरीमा २५ एसएसपीको पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

    काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको ६ महिना पूरा हुँदा पनि बढुवा हुन सकेको छैन । प्रहरी नियमावली अनुसार रिक्त भएको तीन महिनाभित्र प्रहरी ...

एफवान सफ्टको सिस्टम ह्याक : सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी

    काठमाडौं। एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ । सिटिजन्स बैंकको सफ्टवेयर पनि एफ वान सफ्टले नै ...

पत्रपत्रिका

सबै