अध्ययन बिदा दुरुपयोग : ४४ प्राध्यापकले गरे ११ करोड फिर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् । अध्ययन बिदामा गएका प्राध्यापक काममा नफर्किंदा २ अर्ब रुपैयाँ बढी नोक्सानी भएको समाचार प्रकाशित भएपछि त्रिविले छानबिन समिति बनाएको थियो ।

डा. जीवन काफ्लेको संयोजकत्त्वमा गठित समितिले ३९८ जना प्राध्यापकले बिदा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको छ । अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न त्रिविले सार्वजनिक सूचना निकालेपछि ४४ प्राध्यापकले ११ करोड फिर्ता गरेका हुन् ।

‘आजसम्म ४४ जनाले फिर्ता गर्नुभएको छ । ११ करोड रकम उठेको छ,’ छानबिन समितिका संयोजक काफ्लेले भने । छानबिन समितिले प्रतिवेदन बुझाएपछि काफ्लेकै संयोजकत्त्वमा त्रिविले हेल्क डेस्क बनाएको छ । यही डेस्कले रकम उठाउने र फिर्ता गर्नुपर्ने प्राध्यापकहरूलाई जानकारी गराउने काम गरिरहेको छ ।

संयोजक काफ्लेका अनुसार ६१ जना प्राध्यापकले रकम फिर्ताको लागि निवेदन दिएका छन् । ‘फिर्ता गर्न बाँकी भएकालाई सम्पर्कमा आउन अनुरोध गर्दछौं,’ काफ्लेले भने । अध्ययन बिदा लिएर पूरा समय काम नगरेका अहिलेका सांसदले समेत रकम फिर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले तलब–भत्ता फिर्ता गरेका छन् ।

अध्ययन बिदामा विदेश गएका त्रिविका प्राध्यापक उतै लुक्छन्

कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा. आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् । सांसद हुनुअघि उपप्राध्यापक चन्द त्रिवि पाटन संयुक्त क्याम्पस र सहप्राध्यापक तिमिल्सिना व्यवस्थापन केन्द्रीय विभागमा कार्यरत थिए ।

चन्दले गत ३० चैतमा ४४ लाख ५६ हजार र तिमल्सिनाले गत २ वैशाखमा ३३ लाख ५० हजार रकम फिर्ता गरेका हुन् । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ । तर बिदामा गएका धेरैजसो प्राध्यापक फर्किने गरेका छैनन् ।

अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ । तर धेरैजसोले राजीनामा दिने रकम फिर्ता नगर्ने गरेको पाइएको छ ।

त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहितको अध्ययन बिदा दिने गरेको हो । तर अध्ययन बिदाको चरम दुरुपयोग हुने गरेको छ । जसका कारण त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी बेहोरिरहेको छ । फिर्ता गर्न नआउनेलाई एक पटक फेरि सार्वजनिक सूचना जारी गर्ने र नआएमा थप कारबाही गर्ने तयारी त्रिविको छ ।

सरकारको चासो

यस विषयमा सरकारले पनि चासो दिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

‘अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर हो । तर सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षतिसमेत पुर्‍याएको छ,’ मन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्रिविको अध्ययन बिदा लिएर पूरा काम नगर्ने रास्वपा र कांग्रेस सांसदले गरे तलब-भत्ता फिर्ता

मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेको मन्त्री पोखरेलले उल्लेख गरेका छन् । ‘छानबिन र कानुनी प्रक्रियाको परिणामस्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको छ । यो उपलब्धि केवल रकम असुलीको विषय होइन, सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम हो,’ मन्त्री पोखरेलले भनेका छन् ।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ गर्दै सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता

काठमाडौं । डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता भएको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) मा प्रस्तावक रहेको यो प्रस्तावमा सांसदहरू कमला देवी पन्त, झक्कुप्रसाद ...

अस्पतालमा एन्टिस्नेक भेनमको हाहाकार, सर्पले डसेका बिरामी भारततिर

काठमाडौं । सर्पले डसेपछि जीवन बचाउन प्रयोग हुने एन्टिस्नेक भेनम (सर्पको विषविरुद्धको औषधि) देशभर अभाव भएको छ । सर्पदंशका बिरामीको उपचारको प्रमुख केन्द्रका रूपमा रहेको नारायणी अस्पतालमा यतिबेला एन्टिस्नेक भेनमको हाहाकार ...

अभाव भएको महिनौँपछि सरकारले बल्ल ल्यायो दुई लाख एआरभी भ्याक्सिन

काठमाडौं: अभाव भएको महिनौँपछि बल्ल सरकारले एन्टी रेबिज भ्याक्सिन (एआरभी) भ्याक्सिन खरिद गरेर ल्याएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप लगायतका स्वास्थ्य सामग्री खरिद गर्ने विभाग ...

बीमा कम्पनीहरूले श्रमिकको बीमा भुक्तानी सहजै गर्न मान्दैनन् : श्रममन्त्री यादव

काठमाडौँ : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा रहेका श्रमिकको बीमा दाबी भुक्तानी सहजै नगर्ने गरेको गुनासो गरेका छन्। बिहीवार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा ...

शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ...

चुनावमा दलका ‘निःशुल्क स्वास्थ्य’ नारा, उपचारमा नागरिकको सकिन्छ जायजेथा सारा

img

काठमाडौं । नेपालको संविधानले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित ...

पत्रपत्रिका

सबै