बीमा कम्पनीहरूले श्रमिकको बीमा भुक्तानी सहजै गर्न मान्दैनन् : श्रममन्त्री यादव

बीमा कम्पनीहरूले श्रमिकको बीमा भुक्तानी सहजै गर्न मान्दैनन् : श्रममन्त्री यादव

काठमाडौँ : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा रहेका श्रमिकको बीमा दाबी भुक्तानी सहजै नगर्ने गरेको गुनासो गरेका छन्। बिहीवार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा उनले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकहरूको बीमा भुक्तानीमा बीमा कम्पनीहरूले आलटाल गर्ने गरेको गुनासो गरे।

उनका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकले बीमा गरेको अवस्थामा विदेशमा रहँदा जुनसुकै कारणले मृत्यु भए पनि ऐनअनुसार बीमा रकम अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर अधिकांश बीमा कम्पनीले उक्त कानूनी व्यवस्था कार्यान्वयन नगरेको उनले आरोप लगाए।

उनले बीमा कम्पनीहरूले कानूनको अटेर गरे श्रमिकहरूको बीमासम्बन्धी काम सरकारले वैदेशिक रोजगार बोर्ड वा सामाजिक सुरक्षा कोष (एसएसएफ) मार्फत अघि बढाउने चेतावनी दिए। यसका लागि समन्वय गर्न उनले अर्थ मन्त्रालयलाई पनि आग्रह गरे।

मन्त्री यादवले वैदेशिक रोजगारीमा रहेका श्रमिक विरामी पर्दा उनीहरूको कुरुवा (हेरचाह गर्ने व्यक्ति) को खर्चसमेत बीमा योजनामा समेट्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार वार्षिक करिब ८ लाख नेपाली श्रमिक विदेश जाने भए पनि हाल बीमा सुविधा मुख्यतः मृत्यु दाबीमा मात्र सीमित छ।

मन्त्री यादवले भने, ‘बीमा गरेको श्रमिकको विदेशमा भएका वेला जुनसुकै कारणले मृत्यु भयो भने बीमित रकम उहाँहरूले पाउनुपर्ने हुन्छ। तर यहाँका इन्स्योरेन्स कम्पनीहरूले ऐनलाई मान्नुभएको छैन। यो म सहन सक्दिनँ। त्यो कुरा लागू भएन भने हामी सम्झौता खारेज गर्छौँ।’

उनले बीमा सेवाको दायरा विस्तार गरी अन्य कल्याणकारी सुविधा समावेश गर्न, आवश्यक परे ऐन वा नियमावली संशोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

वैदेशिक रोजगार बोर्डलाई विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई राहत रकम उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नगर्न जोड दिए। श्रमिकको ठेगाना, राहदानीलगायत सबै विवरण सरकारसँग उपलब्ध भएकाले सरकारले सक्रिय भएर काम गर्नुपर्ने उल्लेख गरे।

प्रतिकृया दिनुहोस्

डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता

काठमाडौं । डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता भएको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) मा प्रस्तावक रहेको यो प्रस्तावमा सांसदहरू कमला देवी पन्त, झक्कुप्रसाद ...

अस्पतालमा एन्टिस्नेक भेनमको हाहाकार, सर्पले डसेका बिरामी भारततिर

काठमाडौं । सर्पले डसेपछि जीवन बचाउन प्रयोग हुने एन्टिस्नेक भेनम (सर्पको विषविरुद्धको औषधि) देशभर अभाव भएको छ । सर्पदंशका बिरामीको उपचारको प्रमुख केन्द्रका रूपमा रहेको नारायणी अस्पतालमा यतिबेला एन्टिस्नेक भेनमको हाहाकार ...

अभाव भएको महिनौँपछि सरकारले बल्ल ल्यायो दुई लाख एआरभी भ्याक्सिन

काठमाडौं: अभाव भएको महिनौँपछि बल्ल सरकारले एन्टी रेबिज भ्याक्सिन (एआरभी) भ्याक्सिन खरिद गरेर ल्याएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप लगायतका स्वास्थ्य सामग्री खरिद गर्ने विभाग ...

शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ...

अध्ययन बिदा दुरुपयोग : ४४ प्राध्यापकले गरे ११ करोड फिर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् । अध्ययन बिदामा गएका प्राध्यापक काममा नफर्किंदा २ अर्ब रुपैयाँ बढी नोक्सानी ...

चुनावमा दलका ‘निःशुल्क स्वास्थ्य’ नारा, उपचारमा नागरिकको सकिन्छ जायजेथा सारा

img

काठमाडौं । नेपालको संविधानले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित ...

पत्रपत्रिका

सबै