शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने,’ निर्णयमा भनिएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । लागू भएको शुल्कका सन्दर्भमा व्यापक आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो । प्रधानमन्त्री र अर्थमन्त्रीबिच लामो परामर्शपछि उक्त निर्णयबाट पछि हट्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्री बालेन शाह आफैंले सो शुल्क हटाउन प्रक्रिया थालिने घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता

काठमाडौं । डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता भएको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) मा प्रस्तावक रहेको यो प्रस्तावमा सांसदहरू कमला देवी पन्त, झक्कुप्रसाद ...

अस्पतालमा एन्टिस्नेक भेनमको हाहाकार, सर्पले डसेका बिरामी भारततिर

काठमाडौं । सर्पले डसेपछि जीवन बचाउन प्रयोग हुने एन्टिस्नेक भेनम (सर्पको विषविरुद्धको औषधि) देशभर अभाव भएको छ । सर्पदंशका बिरामीको उपचारको प्रमुख केन्द्रका रूपमा रहेको नारायणी अस्पतालमा यतिबेला एन्टिस्नेक भेनमको हाहाकार ...

अभाव भएको महिनौँपछि सरकारले बल्ल ल्यायो दुई लाख एआरभी भ्याक्सिन

काठमाडौं: अभाव भएको महिनौँपछि बल्ल सरकारले एन्टी रेबिज भ्याक्सिन (एआरभी) भ्याक्सिन खरिद गरेर ल्याएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप लगायतका स्वास्थ्य सामग्री खरिद गर्ने विभाग ...

बीमा कम्पनीहरूले श्रमिकको बीमा भुक्तानी सहजै गर्न मान्दैनन् : श्रममन्त्री यादव

काठमाडौँ : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा रहेका श्रमिकको बीमा दाबी भुक्तानी सहजै नगर्ने गरेको गुनासो गरेका छन्। बिहीवार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा ...

अध्ययन बिदा दुरुपयोग : ४४ प्राध्यापकले गरे ११ करोड फिर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् । अध्ययन बिदामा गएका प्राध्यापक काममा नफर्किंदा २ अर्ब रुपैयाँ बढी नोक्सानी ...

चुनावमा दलका ‘निःशुल्क स्वास्थ्य’ नारा, उपचारमा नागरिकको सकिन्छ जायजेथा सारा

img

काठमाडौं । नेपालको संविधानले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित ...

पत्रपत्रिका

सबै